जनता टाइम्स

१७ फाल्गुन २०८१, शनिबार २१:०७

प्रेस चौतारी लुम्बिनीको अध्यक्षमा पुन: शोभाखर पन्थी


कपिलबस्तु, फागुन १७ । प्रेस चौतारी नेपालको दोस्रो लुम्बिनी प्रदेश समितिमा नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार सम्पन्न अधिवेशनले शोभाकर पन्थीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा दशरथ घिमिरे, महासचिवमा हरि अधिकारी र कोषाध्यक्षमा विनोद भट्टराई निर्वाचित हुनुभएको छ ।

अधिवेशनबाट सचिवमा कृष्ण पोखरेल, बेणीमाधव बस्याल, माधव कंडेल, जनक चौधरी, दीपक न्यौपाने र निता चौधरी निर्वाचित हुनुभएको छ ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिकाको सभाहलमा संगठनका प्रदेश अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा भएको कार्यक्रम संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो ।

अधिवेशनको उद्घाटन कार्यक्रममा संगठनका इञ्चार्ज नेकपा एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतम प्रमुख वक्ताको रूपमा हुनुहुन्थ्यो । त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य विशेष वक्ता हुनुहुन्थ्यो । अधिवेशनले राप्ती घोषणापत्र पनि जारी गरेको छ ।