जनता टाइम्स

१८ फाल्गुन २०८१, आईतवार १७:३३

नेपाल आइपुगे केपी ओली कप फाइनल खेलको प्रमुख अतिथि विश्वकप विजेता इटालियन गोलकिपर बुफोन


काठमाडौं, फागुन १८ । केपी ओली कप फुटबल प्रतियोगिता अन्तर्गतको फाइनल खलेको प्रमुख अतिथि फिफा विश्वकप विजेता इटालियन गोलकिपर जियानलुइजी बुफोन नेपाल आइपुग्नु भएको छ ।

नेपाल आइपुग्नु भएका बुफोनलाई राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले स्वागत गर्नुभयो ।

नेपाल आइपुगेपछि उहाँले आफ्नो नेपाल आउने सपना साकार भएको बताउनुभयो । उहाँको यो पहिलो नेपाल भ्रमण हो । ‘म नेपाल भ्रमण गर्त आतुर थिएँ, मेरो यो एउटा सपना पूरा भएको छ’, उहाँले भन्नुभयो ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सो प्रतियोगिताको फाइनल खेल भोलि मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब बिच हुँदै छ । सो खलेको प्रमुख अतिथिको रूपमा बुफोनलाई आमन्त्रण गरिएको थियो ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ नगद पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छ ।