जनता टाइम्स

१४ चैत्र २०८१, बिहीबार २०:५२

प्रवासी नेपाली मञ्चले भेरी नगरपालिकालाई हस्तान्तरण गर्यो स्वास्थ्य चौकी


काठमाडौं, चैत १४ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले जाजरकोट भूकम्पबाट क्षतीग्रस्त स्वास्थ्य चौकी निर्माण गरी भेरी नगरपालिकालाई हस्तान्तरण गरेको छ । अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले भेरीका नगरप्रमुख सीपी घर्तीलाई हस्तान्तरण गर्नुभयो ।

ओएनएफ अन्तराष्ट्रिय कमिटीको आह्वानमा सवै राष्ट्रिय कमिटीको सहयोगमा जाजरकोटको भवन निर्माण भएको हो । ‘जाजरकोट जिल्ला भेरी नगरपालिकामा भुकम्पले क्षतिग्रस्त स्वास्थ चौकी निर्माण सम्पन्न सहयोगले नगरपालिकालाई हस्तान्तरण गरियो । अव नगरपालिकाले औपचारिकरुपमा स्वास्थ चौकी संचालन गर्नु हुनेछ,’ मञ्चका उपसचिव चानक पोखरेलले भन्नुभयो ।

ओएनएफ प्रचार बिभाग प्रमुख समेत रहनुभएका पोखरेलले थप्नुभयो, ‘उक्त स्वास्थ चौकी निर्माण कार्यमा सहयोग गर्नु हुने प्रवासी नेपाली मञ्चका सदस्य साथीहरूलाई सम्पुर्ण हार्दिक धन्यावाद व्यक्त गर्दछौं ।’