जनता टाइम्स

१७ चैत्र २०८१, आईतवार ०३:००

क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी, को-को छानिए ?


काठमाडौं, चैत १७ । हङकङमा आयोजना हुने चारदेशीय शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। 

यस संकरण प्रधानमन्त्री कपमा चम्किएका किरण ठगुन्ना, रुपेश सिंह, अर्जुन घर्ती र दिपेन्द्र रावतले पनि प्रशिक्षणमा स्थान बनाउनु भएको छ । शनिबार सम्पन्न भएको प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका ४ खेलाडीले राष्ट्रिय टिमको प्रशिक्षणमा स्थान बनाएका हुन्।

यस नामावलीमा साहब आलम,वसिर अहमद र नन्दन यादवले राष्ट्रिय टिममा कमब्याक गर्ने मौका पाउनु भएको छ । क्यानले अप्रिल ९ देखि १३ तारिखसम्म हङकङ चाइनामा हुने चार देशीय टी-२० प्रतियोगिताका लागि नेपालले २० खेलाडी सम्मेलित नामावली प्रकाशन गरेको हो।

प्रतियोगिताको तयारी प्रशिक्षण अप्रिल २ तारिखदेखि भैरहवामा सुरु हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले विज्ञप्ति मार्फत जानकारी दिएको छ। यो टिमलाई नवनियुक्त प्रमुख प्रशिक्षक स्टुअर्ट लले प्रशिक्षण दिनुहुने छ ।

छनोट भएका खेलाडी
रोहित पौडेल (कप्तान), आसिफ शेख, किरण ठगुन्ना, लोकेश बम, वसिर अहमद,दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह, ललित नारायण राजवंशी, सोमपाल कामी,करण केसी सन्दिप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्सन झा, अर्जुन घर्ती, कुशल मल्ल,दिपेन्द्र रावत, कुशल भुर्तेल शाहब आलम र विवेक यादव।