जनता टाइम्स

१७ चैत्र २०८१, आईतवार १९:१७

सशस्त्र प्रहरीको बन्दुक खोस्ने ब्यक्ति भेटिए भेटिएन ग्यास गन


काठमाडौं, १७ चैत्र ।  प्रहरीले काठमाडौंको तीनकुनेमा शुक्रवार भएको राजावादी प्रदर्शनका क्रममा सशस्त्र प्रहरीको बन्दुक खोस्ने व्यक्तिलाई पक्राउ गरेको छ । तर, उनले खोसको बन्दुक (ग्यास गन) भने फेला नपरेको प्रहरीले जनाएको छ ।
बन्दुक खोस्ने व्यक्ति रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय गोपाल मल्ल हुन् ।

हाल काठमाडौंको तारकेश्वर १० मा बस्ने मल्ललाई प्रहरीले भिमसेन गोलाबाट पक्राउ गरेर गौशालामा बुझाएको थियो । उनी सशस्त्र प्रहरीको ग्यास गन खोस्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । उनलाई राज्यद्रोह र संगठित अपराधमा मुद्दा चलाउनका लागि म्याद थप गर्न लगिएको छ ।