जनता टाइम्स

२० चैत्र २०८१, बुधबार २०:२६

तीनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सविनको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने


काठमाडौं,२० चैत्र ।  चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा ज्याउन गुमाउने २ युवाका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ सहयोग दिने भएको छ । गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।ल शुक्रबार १० बजे सहकर्मी अनिल रायमाझीसहित सुरेश रिपोर्टिङका लागि एभिन्युजको कार्यालयबाट निस्किएका थिए । रिपोर्टिङका क्रममा तीनकुनेमा एक घरमा प्रदर्शनकारीले लगाएको आगोमा परेर सुरेशको मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टमा जलेर मृत्यु भएको देखिएको छ । त्यस्तै काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउने कीर्तिपुर–४ गाम्चाका २९ वर्षीय सविन महर्जनको भने प्रहरीको गोली लागेर मृत्यु भएको हो ।