रुपन्देही, चैत ३१ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को केन्द्रीय अध्यक्षमा लक्की चौधरी निर्वाचित हुनुभएको छ ।
अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । प्रेस चौतारी नेपालका पूर्वसचिव चौधरी महाधिवेशनसम्म बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
यस्तै फोनिजको वरिष्ठ उपाध्यक्षमा सरू रानामगर निर्वाचित हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा एक्लो उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । फोनिजको लेखा समिति संयोजकमा गजेन्द्र राई निर्वाचित हुनुभएको छ ।
यस्तै प्रदेश १ को प्रदेश इन्चार्जमा राई निर्वाचित भएका छन् भने लुम्बिनी प्रदेशको इन्चार्जमा राजेन्द्र गुरुङ निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्ष, महासचिव, सचिव र खुल्ला सदस्यमा निर्वाचन हुने निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्