जनता टाइम्स

४ बैशाख २०८२, बिहीबार १९:१६

रास्वपाले तोक्यो सातवटै प्रदेशमा इन्चार्ज, कहाँ को–कहाँ ?


काठमाडौं, बैशाख ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा इन्चार्ज तोकेको छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले सातवटै प्रदेशमा इञ्चार्ज तोकेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिनुभयो ।

’प्रादेशिक कमिटीहरूलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरूलाई अझै धेरै सक्रिय बनाउने उद्देश्यले प्रदेश इन्चार्ज तोकिएको हो,’ उहाँले भन्नुभयो ।

यी हुन प्रदेश इञ्चार्ज

कोशी : सन्तोष परियार
मधेस : मनीष झा
बागमती : लीमा अधिकारी
गण्डकी : शिशिर खनाल
लुम्बिनी : विपिनकुमार आचार्य
कर्णाली : गणेश पराजुली
सुदूरपश्चिम: हरि ढकाल