काठमाडौं, ७ वैशाख । प्रहरी जवानका लागि लिइएको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मध्येबानेश्वरस्थित रत्नराज्य माविबाट ती परीक्षार्थी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दोलखा, जिरी नपा– ९ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २३ का मोहन सुनुवार, कालिकोट, शुभकालिका गापा––७ घर भई लैनचौर बस्ने अन्दाजी वर्ष २४ का गोपाल शाही, सुर्खेत, वीरेन्द्रनगर न।पा वडा नं ५ घर भई हाल का.जि माछापोखरी बस्ने अ. वर्ष २२ को मनोज शर्मा, दैलेख, भैरवी गापा– ५ घर भई बानेश्वर बस्मे अन्दाजी वर्ष २२ का आकाश खड्का, सुर्खेत, वीरेन्द्रनगर नपा– ११ घर भई माछापोखरी बस्ने अन्दाजी वर्ष २० का उमेश शर्मा र जुम्ला, तिला गापा– २ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २२ मा मीन रावल छन् ।
प्रहरी जवानको परीक्षामा सामेल नक्कली परीक्षार्थी पक्राउ

प्रतिक्रिया दिनुहोस्