जनता टाइम्स

८ बैशाख २०८२, सोमबार १६:५३

दाङमा एक व्यक्तिले आफैंमाथि चलाए गोली


काठमाडौं, ८ बैशाख । दाङमा एक व्यक्तिले आफैंलाई गोली हानेका छन् । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् । उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिनुभयो । ‘लाइन्सेन्सवाला बन्दुकले आज घरमै आफैंमाथि गोली चलाएको पाइएको छ,’ एसएसपी जीसीले भन्नुभयो ‘गोली लागेर उनको मृत्यु भएको छ ।’
गोली चलेको जानकारी प्रहरीले आज दिउँसो साढे ३ बजे पाएको थियो । लगत्तै डीएसपी नेतृत्वको एक टोली घटनास्थलमा पुगेको थियो ।

प्रारम्भिक अनुसन्धानमा आचार्यले आत्महत्या गरेको जस्तो देखिए पनि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।