जनता टाइम्स

८ बैशाख २०८२, सोमबार २०:३४

एनआइएमबीले कमायो ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा


काठमाडौं, बैशाख ८ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

अनुभवी बैंकरको रुपमा रहनुभएका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योती पाण्डेको टीमको अथक मेहनतका कारण यो उपलब्धी हासिल भएको हो ।
सो बैंकले हासिल गरेको यो उपलब्धी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.६१ प्रतिशत बढी रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा एनआइएमबी बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले जनाएअनुसार इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशत घटेर १० अर्ब ३१ करोड ३९ लाख रुपैयाँमा सिमित भएको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.२४ प्रतिशतले बढेर १ अर्ब ५२ करोड ११ लाख रुपैयाँ पुगेको छ ।