काठमाडौं, बैशाख ९ । नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समीर रिजाल विजयी हुनुभएको छ ।
अखिलका रिजालले नेविसंघका उम्मेदवारलाई पराजित गर्दै स्वबियु सभापतिमा विजयी हुनुभएको हो । रिजालले नेविसंघका मोहम्मद प्रबेजलाई १ सय १७ मतले पराजित गर्नुभएको छ ।निर्वाचनमा समिर ८७१ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेविसंघका प्रवेजले ७५७ मत पाउनु भएको छ भने प्रदीप विकले १७ मत पाउनु भयो।
त्यस्तै सचिवमा नेविसंघका ८२९ मत सहित मनमोहन भट्ट विजयी हुनुभएको छ । भट्टका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका ओमप्रकाश सुनारले ८१२ मत पाउनु भयो। कोषाध्यक्षमा पनि ८६४ मतसहित नेविसंघकै विधिशा मिश्र विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका आशुतोषकुमार गुप्ताले ७७९ मत पाउनुभयो। कोषाध्यक्षमा निर्वाचित मिश्र नेपाल बार एशोसियशनका नवनिर्वाचित अध्यक्षका छोरी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्