जनता टाइम्स

१० बैशाख २०८२, बुधबार १३:४२

प्रधानमन्त्रीसँग चर्चित फुटबलर कार्लोसको भेट, माउन्टेन फ्लाइट र जंगल सफारीको योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह


काठमाडौं, बैशाख १० । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच आज भेटघाट भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर चर्चित फुटबलर कार्लाेसले प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो । विश्वविजेता कार्लोस नेपाल सुरपल लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आउनुभएको हो ।

प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उहाँको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई माउन्टेन फ्लाइट र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गर्नुभयो । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताउनुभयो ।