जनता टाइम्स

१० बैशाख २०८२, बुधबार १७:५२

रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त


काठमाडौं,वैशाख १० ।  नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री बन्नुभएको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार शिक्षामन्त्रीमा पन्तलाई नियुक्त गरिएको हो। विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गर्ने व्यवस्था छ। पन्तको शपथ बिहीबार गर्ने तयारी छ ।