काठमाडौँ, १३ वैशाख। नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने बर्तौलाको भनाइ छ । बजेट अधिवेशन हिजोबाट सुरु भएको छ । अधिवेशनलाई कसरी सफल बनाउने र शिक्षकको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषय मा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

प्रतिक्रिया दिनुहोस्