काठमाडौँ, १३ बैशाख । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ। गएराति ११ बजे उहाँको निधन भएको नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाले बताउनुभयो । उहाँको पार्थिव शरीरलाई अहिले उहाँको निवासमा राखिएको छ । उहाँ लामो समयदेखि बिरामी हुनुहन्थ्यो। स्वास्थ्य अवस्थाका कारण पछिल्लो समयमा उहाा पार्टी गतिविधिमा सहभागि हुनुभएका थिएन ।
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन

प्रतिक्रिया दिनुहोस्