जनकपुरधाम, १३ वैशाख । धनुषाको लक्ष्मीनियाँमा नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला जलाएको छ । नेपाली कांग्रेसका मधेस प्रदेशका सांसद कुमरकान्त झाको नेतृत्वमा लक्ष्मीनियाँमा जनकपुर–ढल्केबर सडक अवरुद्ध पार्दै लिङ्देनको पुत्ला जलाइएको हो ।
सांसद झाले संसदमा झुठा अभिव्यक्ति दिएर भ्रम फैलाउने लिङ्देनलाई कडा कारबाही गर्न सरकारसंग माग समेत गरेका छन् । लिङ्देनले हिजोसंसदमा भाटभटेनी लुटपाटमा सत्तारुढ दल कांग्रेसकै सह-महामन्त्रीको छोरा पनि थिए, तर प्रहरीले छाडेको अभिव्यक्ति दिनुभएको थियो ।
राजावादीको तीनकुने प्रदर्शनको क्रममा प्रदर्शनकारीले भाटभटेनी लुटपाट गरेको थियो । यद्यपी लिङदेनले कांग्रेसका एकजना सहमहामन्त्रीका छोरा भने पनि कसैको नाम लिनुभएको थिएन । केही मिडिया र सामाजिक संजालमा महेन्द्र यादवको छोरा मुकेश यादव भनेर नाम आएपनि उहाँका मुकेश नामका छोरा नभएको बताइएको छ ।
कांग्रेस सह–महामन्त्री यादवका छोराद्वय विकास र आकाश दुबै डाक्टर भएको बताइएको छ । उहाँहरु देश बाहिर रहेको, तर उनको संलग्नता रहेको आरोप लगाएपछि धनुषा कांग्रेस आन्दोलित बनेको छ । झुठा अभिव्यक्ति दिएर राप्रपा अध्यक्ष लिङ्देनले सह–महामन्त्री यादवको चरित्र हत्या गरेकाले उहाँलाई कानूनी दायरामा नल्याए आफूहरु चुप लागेर नबस्ने कांग्रेस नेताहरुले चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्