जनता टाइम्स

१३ बैशाख २०८२, शनिबार १४:४३

२ साताअगावै कान्छारामलाई बर्खास्त गर्न देउवाले सिफारिश गरेको खुलासा


काठमाडौं, बैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएको भन्दै तथानाम बोल्न थाल्नुभइका पूर्वऊर्जाराज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई कांग्रेस सभापति देउवाले दुई साता अगावै बर्खास्त गर्न सिफारिश गर्नुभएको तथ्य खुलेको छ ।

सभापति देउवाकै सिफारिशमा प्रधानमन्त्री ओलीले तामाङलाई पदबाट बर्खास्त गर्नुभएको देउवा निकट नेताहरुले खुलासा गर्नुभएको हो । ठेकेदार कान्छारामबाट पदको दुरुपयोगले सीमा नाघेको भन्दै देउवाले हटाउने सिफारिश गर्नुभएको ती नेताहरुले बताए । बुढानिलकण्ठ स्रोतका अनुसार दुई साता अगाडि नै देउवाले प्रधानमन्त्री ओलीलाई ‘यो कान्छाराम त सारै पो बदमास देखियो’ भन्दै हटाउन सिफारिश गर्नुभएको हो ।

कान्छारामले आफ्नै पार्टीका उर्जामन्त्री दिपक खड्काबिरुद्ध मिडिया परिचालन गरेको, असुलीतिर लागेको र जथाभावी बोल्न थालेको भन्दै देउवा रुष्ट हुनुभएको हो । उर्जामन्त्री खड्काले कि आफूलाई हटाउन कि कान्छारामलाई हटाउन सुझाएपछि देउवा यो निर्णयमा पुग्नुभएको स्रोतको भनाई छ ।

बुढानिलकण्ठ निकट स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार राज्यन्त्री भएपछि कान्छारामले देउवा पत्नी आरजु राणालाई समेत तीन पटक अपमान गर्नुभएको थियो । सम्झाउने क्रममा कान्छारामले आरजुलाई समेत अपमान गरेपछि रिसाउनु भएका देउवाले अव पदमुक्तबाहेक अर्काे बिकल्प रहेन भन्दै प्रधानमन्त्री ओलीलाई सिफारिश गर्नुभएको हो ।

केही दिनअघि शिक्षामन्त्री रघुजी पन्त नियुक्त गर्नुपरेको बेला गृहमन्त्री रमेश लेखकले कान्छारामलाई हटाउन सभापतिले गरेको सिफारिश सम्झाएपछि प्रधानमन्त्रीले बर्खास्त गर्नुभएको पनि ती नेताले जनताटाइम्स डटकमलाई जानकारी दिए । ‘कान्छारामदेखि सभापति सारै रुष्ट बन्नुभएको थियो । उस्को अराजक बोली र व्यवहार देखाइरहेकाले सभापतिजीले दुई हप्ता अगाडि नै आग्रह गर्नुभएको थियो,’ ती नेताले भने ।

बुढानिलकण्ठ निकट स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार राज्यन्त्री भएपछि कान्छारामले देउवा पत्नी आरजु राणालाई समेत तीन पटक अपमान गर्नुभएको थियो । सम्झाउने क्रममा कान्छारामले आरजुलाई समेत अपमान गरेपछि रिसाउनु भएका देउवाले अव पदमुक्तबाहेक अर्काे बिकल्प रहेन भन्दै प्रधानमन्त्री ओलीलाई सिफारिश गर्नुभएको हो ।

प्रधानमन्त्रीले बर्खास्त गर्नुअघि गृहमन्त्री लेखकले नै कान्छारामलाई फोन गरेर राजीनामा दिन भन्नुभएको थियो । तर नदिने अडान राखेपछि पार्टी निर्णय कार्यान्वयन गर्न उहाँले नै प्रधानमन्त्रीलाई सुझाउनु भएको ती नेताले बताए । ओली सरकारमा कांग्रेसको तर्फबाट प्रधानमन्त्री र मन्त्रीहरुसँग संयोजन गर्ने जिम्मेवारी गृहमन्त्री लेखकले नै पाउनु भएको छ ।