काठमाडौँ : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले आन्दोलनरत शिक्षकको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । युनियनका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक आन्दोलनको २३ दिन बितिसक्दा पनि सरकार पक्षबाट सार्थक संवाद वा समाधानको प्रयास नहुनु आपत्तिजनक भएको बताउनुभयो ।
युनियनले शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित हुँदा विद्यार्थी र अभिभावक अन्योलमा परेको उल्लेख गरेको छ । युनियनले शिक्षकको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै वार्ता र संवादद्वारा समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । शिक्षकको हक, अधिकार र शिक्षक पेसाको गरिमाका सन्दर्भमा नेपाल ट्रेड युनियन कांग्रेस सधँै शिक्षकका साथमा रहेको महासचिव राईले बताउनुभयो । शिक्षकसँग अविलम्ब वार्ता गरी काममा फर्कने वातावरण निर्माणमा लाग्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्