जनता टाइम्स

१३ बैशाख २०८२, शनिबार ०७:०५

अछामको साँफेबगर हाटबजारमा आगलागी, ९ पसल जलेर नष्ट


काठमाडौँ, १३ वैशाख । अछामको साँफेबगर हाटबजारमा आगलागी भएको छ । साँफेबगर नगरपालिका( ३ स्थित हाटबजारमा आगलागी भएको हो ।शनिवार बिहानै भएको आगलागीबाट होटल, मासुपसल लगायत ९ पसल जलेर नष्ट भएका छ्न् । सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा अहिले आगो नियन्त्रणमा आएको छ । क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

एक पसलमा बिजुली सट भएर आगलागी भएको स्थानीयको भनाइ छ ।क्षतिको विवरण र आगलागीको कारणबारे प्रहरीले घटना स्थलमा अध्ययन गरिरहेको जनाएको छ ।