जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार ११:५०

व्यापारमा देखिएको सरकारको सफलता : आयात १० प्रतिशत घट्दा निर्यात १४ प्रतिशतले बढ्यो


काठमाडौं, कात्तिक १५

सरकारले पछिल्लो समय लिएको नयाँ नीतिले आयात घट्दा निर्यात बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको वैदेशिक ब्यापार घटेको देखिएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्षको साउन, भदौ र असोजको विदेशी व्यापार घटेको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालु वर्षको यो अवधिमा आयात घट्दा निर्यात बढेको छ । १० प्रतिशतले आयात घट्दा निर्यात भने १४ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको यही अवधिमा आयात ४३ प्रतिशतले बढेको थियो । निर्यातको बृद्धिदर पनि यो वर्ष घटेको छ ।

अघिल्लो वर्ष १६ प्रतिशतले बिस्तार भएको निर्यात यो वर्ष १४ प्रतिशतमा सिमित भएको छ । समग्रमा वैदेशिक व्यापार ८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको तीन महिनामा वैदेशिक ब्यापार ४१ प्रतिशतले बढेको थियो ।

यो वर्षको सुरुदेखि नै वैदेशिक व्यापारमा संकुचन आइरहेको छ। दसैं तथा तिहार जस्ता नेपालिका ठूला चाडपर्वको मुखमा पनि आयात अस्वभाविक रुपमा घटेको छ । विषेशगरी उपभोग्य वस्तुको आयातमा कमी आएको देखिएको छ ।

भन्सार विभागका अनुसार तीन महिनाको अवधिमा तीन खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँको सामान आयात भएको छ भने २७ अर्ब १६ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ। निर्यातको तुलनामा आयात १२ गुणा बढी देखिएको छ ।

गत वर्ष यो अवधिमा तीन खर्ब ७३ अर्ब रुपैयाँको आयात र २३ अर्ब ७४ कोडको निर्यात थियो भने निर्यातको तुलानमा आयात १५ गुणाले बढी रहेको थियो। गत वर्षको सोही महिनाको तुलनामा र अघिल्लो महिनाको तुलनामा पनि व्यापार आयात व्यापर घटेको छ। असोजमा नेपालीहरूका दुई ठूला चाड दशैंतिहार परेको कारण पनि यो समयमा धेरै आयात हुने गर्छ तर यस वर्ष भने त्यस्तो देखिएन ।

अघिल्लो महिना नेपालीको निर्यात २५ प्रतिशतले बढेको र आयात १ प्रतिशतले घटेकोमा थियो। तर, असोजमा अघिल्लो महिनाको तुलनामा निर्यात घटे पनि आयात पनि घटेको देखिएको छ । चालू आर्थिक वर्षको साउनमा एक खर्ब ६ अर्ब रुपैयाँको सामान आयात भएकोमा साउनमा एक खर्ब २६ अर्ब रुपैयाँको सामान आयात भएको थियो । असोजमा भने एक खर्ब दुई अर्ब रुपैयाँको मात्रै सामान आयात भएको छ । गत वर्ष असोजमा एक खर्ब ४१ अर्ब रुपैयाँको सामान आयात भएको थियो । गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा ३९ अर्ब रुपैयाले व्यापार घटेको छ ।