जनता टाइम्स

१४ बैशाख २०८२, आईतवार ०७:०३

कांग्रेस सांसद माया राई पक्राउ


काठमाडौं, १४ वैशाख ।  नेपाली कांग्रेसकी सांसद माया राई प्रहरीले पक्राउ गरेको छ । उहाँलाई अपराध अनुसन्धानको कार्यालयले हिजो साझ आफ्नै घरबाट पक्राउ गरेको हो । काठमाडौंको कपनस्थित घरबाट उहाँलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिनुभयो।

राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उहाँँ लामो समयदेखि फरार हुनुभएको थियो ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत हुनुहुन्थ्यो । राईलाई भने यो मुद्दामा उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो । राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै आइतबार ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । उनी जनजाती कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । पार्टी सभापति शेरबहादुर देउवा समूहमा बाट उहाँ समानुपातिक सांसद हुनुहुन्छ ।