काठमाडौँ, १४ वैशाख । काठमाडौंमा हल्का असिनापानी परेको छ । केहीबेरअघिदेखि बानेश्वर, बबरमहल, ललितपुरको भैंसेपाटी लगायतका क्षेत्रमा पानीसँगै हल्का असिना पनि परेको हो । पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण काठमाडौं उपत्यका लगायतका धेरै ठाउँमा पानी परिरहेको छ । यसको प्रभाव केही दिन कायम रहने सम्भावना छ । बादल लाग्ने र पानी पर्ने हुनाले तापक्रम केही घट्ने पूर्वानुमान छ । तापक्रम घट्दा गर्मीबाट केही राहत मिल्ने मौसमविद बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्