काठमाडौँ, १४ वैशाख । शिक्षक आन्दोलनमा झडप हुँदा समाचार संकलनमा खटिएकी पत्रकार सबिना कार्की घाइते हुनुभएको छ ।
प्राइम टेलिभिजनकी पत्रकार कार्कीको आँखामा चोट लागेको छ। अहिले उहाँको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले बताउनुभयो । ‘उहाँ (कार्की)को दुवै आँखामा गम्भिर चोट लागेको छ। अहिले उपचार भइरहेको छ’, उहाँले भन्नुभयो ।
उहाँलाई प्रहरीले पानीको फोहोरा प्रहार गर्दा चोट लागेको थियो। आइतबार नयाँबानेश्वरमा शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो।
प्रतिक्रिया दिनुहोस्