काठमाडौँ, १४ वैशाख । नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । शनिबार साँझ पक्राउ पर्नुभएकी सांसद राईलाई आइतबार अदालत लगिएको थियो । उनलाई काठमाडौं जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा राखिएको छ ।
राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो । सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उहाँ लामो समयदेखि फरार सूचीमा हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्