काठमाडौं, १६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ शुक्रबारको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने पत्र शीतल निवासले संसद सचिवालयमा पठाएको छ । उक्त दिन दिउँसो ३ बजे हुने संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेबारे राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई जानकारी गराएको हो । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने र त्यसका लागि सदस्यको उपस्थितिका लागि आह्वान गरिएको राष्ट्रपति कार्यालयका सचिव डा।राप्रसाद घिमिरेले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई जानकारी दिनुभएको छ।
शुक्रबार राष्ट्रपतिले सम्बोधन गर्ने शीतल निवासको पत्र संसद सचिवालयमा

प्रतिक्रिया दिनुहोस्