काठमाडौं, बैशाख १६। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ शुक्रबारको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने पत्र शीतल निवासले संसद सचिवालयमा पठाएको छ ।
बैशाख १९ गते दिउँसो ३ बजे हुने संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई जानकारी गराएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने र त्यसका लागि सदस्यको उपस्थितिका लागि आह्वान गरिएको राष्ट्रपति कार्यालयका सचिव डा. राप्रसाद घिमिरेले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई जानकारी गराएका हुन।
प्रतिक्रिया दिनुहोस्