काठमाडौं, १६ वैशाख। यार्सागुम्बा खरिदबिक्रीको व्यवसाय गर्ने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका वडा नं.७ दल्ली घर भई हाल काठमाडौंको ठमेल बस्ने ४१ वर्षीय दिपेन्द्र सिंह रहेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनेर कुराकानी गरी आफू पूर्व प्रहरी रहेको र हाल अमेरिकाबाट फर्केर यार्सागुम्बा खरिद बिक्री गर्ने व्यवसाय गरी रहेको भन्दै झुट बोलेका थिए ।सिंहले व्यवसायमा लगानी गर्दा राम्रो नाफा हुन्छ भनी झुक्याई प्रलोभन देखाई पटक पटक गरी ३६ लाख २ हजार १६६ रुपैया रकम पठाउन लगाई ठगी गरेका थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार ठमेलको दोहोरी साँझबाट पक्राउ गरेको हो ।अनुसन्धानको क्रममा उनीमाथि विभिन्न कसुरमा ठगी गरेको आरोपमा तीन ठाउँमा मुद्दा रहेको खुलेको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख रकम बराबरको बैंकिङ कसुरको मुद्दा रहेको पाइएको छ । त्यस्तै जिल्ला दिनुभयो । त्यस्तै ईलाका प्रहरी कार्यालय कोहलपुरमा नेपालीसेनामा भर्ती गराई दिने भनी ४ लाख रकम बराबरको ठगी मुद्दा रहेको उहाँले बताउनुभयो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्