काठमाडौँ । वैदेशिक रोजगारीमा माल्टा पठाउँछु भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२ घर भएका ५६ वर्षीय सुजन कुमार उप्रेती रहेका छन् ।
मंगलबार उनलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले जानकारी दिए । उनीमाथि पीडितहरूबाट २४ लाख रकम लिएर फरार भएको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस्