क्यालिफोर्निया। अमेरिकाको क्यालिफोर्निया राज्यको सिमी भ्यालीमा एउटा सानो प्लेन दुईवटा घरमा खसेको छ । यस दुर्घटनामा विमानमा सवार दुई जना मानिस र एक घर पालुवा कुकरको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको हो ।
यो दुर्घटना स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजेर १० मिनेटमा भएको प्रहरीले जानकारी दिएको छ । घरमा विमान खस्ने बित्तिकै आगलागी भएको थियो ।
दुर्घटनाको समयमा मानिसहरू घरमा नै भए पनि उनीहरूलाई सुरक्षित उद्धार गरिएको थियो । भेन्चुरा काउन्टी फायर डिपार्टमेन्टका अनुसार तत्कालै आगोलाई नियन्त्रणमा लिइएको थियो ।
सिमी भ्याली प्रहरीका अनुसार विमानमा सवार कोही पनि जीवित रहेनन् । फेडेरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) का अनुसार चार सिट भएको सिंगल इन्जिन विमान ल्यांकेस्टरको विलियम जे फक्स एरफिल्डबाट कामारिलो विमानस्थलका लागि उडेको थियो । घटनाबारे अनुसन्धान भइरहेको एफएएले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्