जनता टाइम्स

२३ बैशाख २०८२, मंगलवार ०८:३३

मोटरसाइकल दुर्घटनामा अधिकृतको मृत्यु


काठमाडौं, २३ वैशाख।  मोटरसाइकल दुर्घटना हुँदा शिक्षा अधिकृतको मृत्यु भएको छ । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ गोदालीमा दुर्घटनामा गम्भीर घाइते भएका लेकम गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा शिक्षा अधिकृत केशव राज ओझाको निधन भएको हो ।

लेकम गाउँपालिकाकै वडा नम्बर ५ चौपातामा शैक्षिक कार्यक्रम सम्पन्न गरी घर फर्किने क्रममा माथिबाट खसेको ढुंगा पिठ्युँमा लागेर गम्भीर घाइते भएका अधिकृत ओझाको मृत्यु भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ कान वडाध्यक्ष सुरेश सिंह थापाले जनाकारी दिनुभयो। माथिबाट खसेको ढुंगा लागेपछि ओझाले चलाएको मोटरसाइकल दुर्घटनामा परेको थापाले बताउनुभयो । उहाँको टाउको, छाती र खुट्टामा चोट लागेको थियो । उपचारका लागि एम्बुलेन्समा गोकुलेश्वर अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको थापाले बताउनुभयो ।