काठमाडौं । विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार इलाम नगरपालिका-९ गोलाखर्क बस्ने ५४ वर्षीया माया बराईली आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी कास्की, पोखरा महानगरपालिका-१४ स्थित छाप्रोभित्र अन्दाजी ३२ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् भने सिराहाको कल्याणपुर नगरपालिका-३ स्थित सडक छेउमा सोही नगरपालिका-२ चतरीटोल बस्ने ४५ वर्षीय राम उदगार मुखिया पनि मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रौतहटको माधवनारायण नगरपालिका-१ स्थित सडक पेटीमा राजपुर नगरपालिका-४ फतुवा बस्ने ४० वर्षीय रामराज महतो, कपिलवस्तुको महाराजगंज नगरपालिका-१० हर्दौनास्थित खेतमा सोही ठाउँ बस्ने ५५ वर्षीय बचन लोनिया र कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ चित्रपुरस्थित खेलमैदानमा शुक्लाफाँटा नगरपालिका-१२ तिल्की बस्ने ६० वर्षीय घुम्मन राना मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । बुधबार र बिहीबार भएका उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्