जनता टाइम्स

२६ बैशाख २०८२, शुक्रबार १३:०५

श्वेतपत्रमार्फत विद्युत् प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको छ: मन्त्री खड्का


काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले श्वेतपत्रमार्फत विद्युत् प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको बताएका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा विद्युत् प्राधिकरण घाटामा गएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले प्राधिकरणको अहिलेको यथार्थ सार्वजनिक गरिएको भन्दै अध्ययन गर्न सुझाव दिए । उनले छिट्टै प्राधिकरणको पछिल्लो वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) गराउने जानकारी दिए ।

प्राधिकरणको श्वेतपत्रप्रति सांसदहरुले राखेका धारणाप्रति मन्त्री खड्काले आफ्नो धारणा राख्न सांसदहरु स्वतन्त्र रहेको प्रतिक्रिया दिए । उनले संसद् अधिकार सम्पन्न रहेकाले संसदीय समिति बनाएर छानबिन गरे अझ राम्रो हुने टिप्पणी गरे । त्यस्तै मन्त्री खड्काले अब मुलुकमा लोडसेडिङ नहुने स्पष्ट पारे ।