काठमाडौं, २९ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले अघोषित नजरबन्दमा राखिएको चर्चालाई निर्मल निवासले खण्डन गरेको छ । पूर्वराजाका संवाद सचिव फणिराज पाठकले यस्तो खबरमा सत्यता नरहेको बताउनुभएको छ ।
आज सामाजिक सञ्जालमा पूर्वराजालाई नजरबन्दमा राखिएको भन्दै अफवाह फैलिएको थियो । त्यसमा प्रतिक्रिया जनाउँदै पाठकले फेसबुकमार्फत प्रष्ट पार्नुभएको छ । ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई निर्मल निवासमा नजरबन्द गरिएको भन्ने केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहेको खबरमा कुनै सत्यता नरहेको जानकरी गराउन चाहान्छु ।’ उहाँले लेख्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्