काठमाडौं , ३१ बैशख । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक बुधबार पनि बस्दै छ ।
बैठक दिउँसो १ः१५ बजे संसद् भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।
आजको बैठकमा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा आर्थिक वर्ष २०८२÷०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ ।
प्रतिक्रिया दिनुहोस्