जनता टाइम्स

२ जेष्ठ २०८२, शुक्रबार १३:०९

एमाले बर्दियाले चलायो क्षेत्रीय स्तरका प्रशिक्षण कार्यक्रम 


काठमाडौं, २ जेठ। नेकपा एमाले बर्दियाले पार्टीका नेता कार्यकर्ताहरूलाई वैचारिक रूपमा प्रशिक्षित बनाउन प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

पार्टी स्कुल विभागको आयोजनामा जिल्लामा क्षेत्रीय स्तरका प्रशिक्षण कार्यक्रम गरिएको हो । बर्दियाका २ वटा संघीय निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नेकपा एमाले केन्द्रीय संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ।

पार्टीको निर्वाचन क्षेत्र नं १ को बाँसगडी प्रशिक्षण राखिएको थियो । त्यस्तै क्षेत्र नं २ को भुरीगाउँमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । तालिममा हरेक पालिकाबाट १०/१० जनाको सहभागिता रहेको छ ।

तालिमका सहभागीलाई पार्टीका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली, संगठन विभाग सचिव माधव ढुङ्गेल, पार्टीका नेताहरू लक्ष्मण ज्ञवाली, टीका बस्नेत, घनश्याम कोइराला, सुन्दर लामिछाने, विक्रम खनाल लगायतले प्रशिक्षण दिनुभएको थियो ।