काठमाडौं, ९ जेठ । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउका पहिरो पीडितलाई नेपाल प्रहरीले सुरक्षित ठाउँमा सार्ने काम अघि बढाएको छ ।
तिलागाउँ नजिकै रहेको सुखाङ लुग्वा खोलामा गाउँभन्दा माथि रहेको हिमताल फुटी पानीको बहाव बढेपछि खोलाको आसपासमा रहेका लघु जल विद्युत् आयोजनाका पावर हाउस, पानी घट्ट, तिलागाउँ र हल्जी गाउँ जोड्ने काठको पुल बगाएको थियो । बाढीले खानेपानीको ट्याङ्की, सिचाई कुलोमा समेत क्षति पुर्याएको छ ।
खोला किनारमा रहेको तिलागाउँ बस्ती बाढी पहिरोको कारण उच्च जोखिममा परेको छ । सो गाउँमा जमिन चर्किएर बसोबास गर्न समेत जोखिम भएको छ ।
सो खबर थाहा पाएपछि प्रहरी टोली घटनास्थलमा गई जोखिमयुक्त घरधुरीका मानिसहरूलाई उपलब्ध श्रोत साधनको प्रयोग गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको नेपाल प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्