जनता टाइम्स

११ जेष्ठ २०८२, आईतवार १०:२१

हवल्दारसहित २१ जना प्रहरी सम्पर्कविहीन


काठमाडौँ।  प्रहरी प्रधान कार्यालय नक्सालले २१ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएको भन्दै तुरुन्त सम्पर्कमा आउन एक सूचना जारी गरेको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले हाजिर हुन  सूचना प्रकाशित गरिएको कानुन शाखाले उल्लेख गरेको छ ।

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जबाफसहित कार्यालयमा हाजिर हुन आग्रह गरिएको छ ।

pp