काठमाडौँ । तीनकुने घटनामा संलग्न ४ जना बालबालिकाविरुद्ध छुट्टै अभियोग दर्ता गरिने भएको छ । चैत १५ को प्रदर्शनमा संलग्न ४ जना बालबालिका बिरुद्ध भक्तपुर बाल अदालतमा अभियोग दायर गर्ने निर्णय भएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले बताए । ६१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । योसँगै तीनकुने घटनामा ६५ जना प्रतिवादी कायम भएका छन् ।
४ बालबालिकाविरुद्ध बाल अदालतमा अभियोगपत्र दायर गरिँदै

प्रतिक्रिया दिनुहोस्