जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार ०६:५६

न्युजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स नेपाल आउने


काठमाडौं, १२ जेठ ।  न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्। उनी यही जेठ १४ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुईदिने भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यसैगरी, उहाँले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ।