काठमाडौं, जेठ १२ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) आफ्नै बहुलठ्ठीपनका कारण एक्लिनुभएको छ ।
मेयर बालेनको गतिविधि महानगरवासीको हितमा नभएको ठहरसहित उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा सवै जनप्रतिनिधिहरू विधिवत् रूपमा नै एक ठाउँमा उभिनुभएको हो ।प्रमुख साहले महानगरको कार्यपालिका बैठक लामो समयसम्म नबोलाएर महानगरको विकास निर्माणका काम सहित अन्य नियमित काम समेत रोकेपछि त्यसका विरुद्ध जनप्रतिनिधिहरू एक ठाउँमा उभिएका हुन् ।
महानगरकी उपप्रमुख डङ्गोलसहितका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले संयुक्त रुपामा हस्ताक्षर नै गरेर कार्यपालिका बैठक माग गर्नुभएको छ । उहाँहरूले कार्यपालिका बैठक माग गर्दै प्रमुख साहलाई पत्र बुझाउनुभएको छ । उहाँहरूले ७ दिनभित्र बैठक राख्न माग गरेका गर्नुभएको छ ।
कम्तीमा महिनामा एक पटक बस्नु पर्ने कार्यपालिका बैठक गत पुस १४ गतेदेखि बस्न सकेको छैन । बैठक नबस्दा विकासका काम समेत प्रभावित भएका छन् । मेयर साह भने महानगरपालिकाले गर्नुपर्ने कामबाहेक सवै काम गर्न थालेपछि उपप्रमुख सुनितासहित सवै जनप्रतिनिधिहरु एक ठाउँमा उभिनुभएको हो ।
आफ्नै गतिविधि कका कारण बालेन एक पछि अर्को विवादमा पर्दै आएका छन् । नागरिकहरूलाई भेट नदिने साहले केही समय यतादेखि जनप्रतिनिधिहरूलाई समेत भेट दिन छाडेका छन् ।
प्रतिक्रिया दिनुहोस्