जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार १७:५३

याे बर्ष ‘पपुलिस्ट बजेट’ प्राथमिकतामा पर्दैन : सञ्चारमन्त्री गुरुङ


काठमाडौँ,जेठ १२ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस पालिको बजेट विनियोजन आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा हुने बताउदै ‘पपुलिष्ट’ खालका बजेट नआउने बताउनुभएकोछ ।

काठमाडौँमा आज लम्जुङ जिल्लाको दोर्दी गाउँपालिकाको हाल सम्मको प्रगति विवरण तथा आ.व २०८२⁄८३ को वार्षिक बजेट तथा कार्यक्रमको लागि विज्ञहरुको सुझाव तथा संकलन एवं अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले बजेट चर्चाको विषय मात्रै हुने तर, व्यवहारमा लागु गर्न नसक्ने खालका बजेट निरुत्साहित गरिने बताउनुभएको हो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो,“यसपाली पपुलिस्ट बजेट आउँदैन ।” उहाँका अनुसार थोरै बजेटको अपुगका कारण पुरा हुन नसकेका योजनाहरुमा थप बजेट गरि सम्पन्न गरिने बजेटको धये रहेकोछ । “धेरै पैसा खर्च भएर अलपत्र परेका योजना थुर्पै छ”, उहाँले भन्नुभयो,“त्यस्ता अलपत्र परेका योजना पुरा गर्नेमा बजेटले प्राथमिकता पाउछ ।´

कुनै स्टुमेट नै नगरि बनेका योजनाहरु बजेटको प्राथमिकतामा नपर्ने उहाँले बताउनुभयो । राष्ट्रिय गौरवका योजनाहरु सफल पार्न भने सरकारले जोड दिने मन्त्री गुरुङले जानकारी दिनुभयो । ५⁄६ वटा राष्ट्रिय गौरवका योजनाहरु सम्पन्न गर्ने काममा सरकार केन्द्रीत रहेको उहाँले बताउनुभयो । साथै, कुनै बन्दै गरेको योजनामा धेरै रकम खर्च भइसकेको र थोरै रकम अभावका कारण अलपत्र परेको छ भने त्यसलाई पुरा गर्न बजेट विनियोजन प्राथमिकतामा राखिने बताउनुभएकोछ । सरकारले आवश्यकता र प्राथमिकताका आधारमा बजेट ल्याउछ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा मन्त्री गुरुङले दोर्दी गाउँपालिकाले राम्रो काम गरेको समेत प्रशंसा गर्दै अब स्थानीय तहले बजेट बनाउँदा त्यहाका बासिन्ताको जिवस्तर उकास्ने, आर्थिक समृद्धि ल्याउने र गरिबी निवारण गर्ने खालका योजनाहरुमा केन्द्रीत हुनुपर्ने सुझाव दिनुभयो ।

“सडक र बाटोघाटो जस्ता ठुला योजना संघीय सरकारले गर्छ”, उहाँले भन्नुभयो,“स्थानीय सरकारले गरिबी हटाउने र रोजगार सिर्जन ागर्ने खालका योजनामा बजेटको प्राथमिकतामा राख्नुपर्छ ।” त्यस्तै मन्त्री गुरुङले यो वर्ष गाँउस्तरमा फाइभ जि नेटवर्क विस्तार गर्न नसकेपनि काठमाडौँ र पोखरा महानगरपालिकामा भने यो नेटवर्कको सूरुवात गरिने प्रष्ट पार्नुभयो ।

सूचनाप्रविधि युगको समयमा इगर्भनेन्स कार्यशैली प्रभावकारी बनाउन स्थानीय तहमा डिजीटल पहुँच विस्तारमा मन्त्रालयले जोड दिदैँआएको बताउनुभयो । उहाँका अनुसार देशभर फोर जीको पहुँच विस्तार गर्ने र सुचनाप्रविधि मैत्री सरकारी सेवाको सुरु गरिनेछ ।

त्यस्तै, कार्यक्रममा पालिकाले हाल सम्म गरेका कार्यको प्रगति विवरण सार्वजनिक गरेको थियो । जसमा कृषि, रोजगार, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा सफलता हासिल गरेको प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख थियो । साथै कार्यक्रममा सहभागी विभिन्न विज्ञहरुले पालिकाको आगामि वर्षको नीति तथा कार्यक्रममाथि महत्वपुण सुझाव दिएका थिए ।