जनता टाइम्स

१५ जेष्ठ २०८२, बिहीबार १०:०२

गणतन्त्र दिवसले सबैलाई समृद्ध नेपाल, सुखी नेपालीको मार्गमा अघि बढ्न प्रेरित गरोस् : शंकर पोखरेल 


काठमाडौं, १५ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको उपलब्धि रक्षा आजको आवश्यकता भएको बताउनुभएको छ ।

गणतन्त्रको रक्षा गर्दै समृद्ध नेपाल, सुखी नेपालीको मार्गमा अघि बढ्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पोखरेलले गणतन्त्र दिवसले सबैलाई सो मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

‘गणतन्त्र दिवसले हामी सबैलाई समृद्ध नेपाल, सुखी नेपालीको मार्गमा अघि बढ्न प्रेरित गरोस्, देश विदेशमा रहनुभएका सबैमा शुभकामना’, गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पोखरेलले लेख्नु भएको छ ।