जनता टाइम्स

१५ जेष्ठ २०८२, बिहीबार ११:४२

राजतन्त्र बहस विषय नै हुन सक्दैन– प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले युवाहरूलाई राजतन्त्र र गणतन्त्र आएपछि देशमा भएको विकास सूचकाङ्क तुलना गरेर हेर्न आग्रह गर्नुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाएर मुलुकलाई प्रगतिको बाटोमा लैजान चाहेको बताउनुभयो । उहाँले, ‘निरङ्कुश राजतन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने हाम्रो समाजको आजको बहस होइन, र हुन सक्दैन। राज्यका अङ्ग र अन्य क्षेत्रमा समेत जिम्मेवारीमा रहेका व्यक्तिहरूको आचरण र व्यवहारमा सुधार गर्नुपर्ने अझै धेरै कुरा हुनसक्छ।’ उहाँले गरिबी बेरोजगारी र भ्रष्टाचार अहिलेको राष्ट्रको चुनौती बनिरहेको बताए। लोकतान्त्रिक माध्यमबाट चुनाव गरेर एउटा इमानदार राजनीतिक शक्ति छानेर मात्रै देश निर्माण गर्न सकिने बताउनुभयो । उहाँले राजतन्त्र हुँदा मुकुटको आडमा जनतालाई सेवा नभई शासन गरिएको दाबी गर्नुभयो ।