काठमाडौं, जेठ १८ । सत्तारुढ दल नेकपा एमालेले गणतन्त्र दिवसलाई आज गौरव, गरिमा र एकताको उत्सवका रूपमा मनाएको छ।गणतन्त्र दिवसको दिन आज एमालेले साँस्कृतिक झाँकीसहित काठमाडौं उपत्यकाका जनतालाई भृकुटीमण्डपमा उतारेको हो।
बिहान ११ बजेदेखि विभिन्न स्थानबाट निकालिएको र्याली भृकुटीमण्डपसम्म पुगेर सकिनेछ। र्यालीमा विभिन्न साँस्कृतिक भेषभुषा र बाजासहित सहभागी भएका छन्। एमालेले जिल्ला–जिल्लामा पनि विशेष कार्यक्रम गरी गणतन्त्रको उत्सव मनाइरहेको छ ।
गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउने थालनी यसबर्षबाट भएको छ । सत्तारुढ नेकपा एमालेले यस बर्षदेखि गणतन्त्र दिवसको दिन जेठ १५ गते देशभर जनताको जीतमा खुसियाली मनाउने कार्यक्रमसहित उत्सव मनाएको हो ।
प्रतिक्रिया दिनुहोस्