जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार २२:३९

सकियो एमालेबाट वाग्मती प्रदेशमा निर्वाचित वडाध्यक्षहरूको भेला 


काठमाडौं, १२ जेठ । नेकपा एमाले वाग्मती प्रदेश कमिटीको आयोजना भएको वाग्मती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेला सोमबार सकिएको छ ।

भेलामा प्रदेश भित्रका १३ वटा जिल्लाका स्थानीय तहमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको सहभागिता थियो । दुई दिनसम्म चलेको भेलामा वडाध्यक्षहरूले स्थानीय स्तरमा गर्नुपर्ने कामका बारेमा प्रशिक्षण समेत दिइएको थियो । वडाध्यक्षले गर्ने कामलाई कसरी प्रविधिमैत्री, जनमैत्री र सुशासनयुक्त बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको भेलामा पार्टी महासचिव शंकर पोखरेल लगायतले पनि प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो ।