जनता टाइम्स

१३ जेष्ठ २०८२, मंगलवार १०:३२

क्षितिज थेवे र सुमन पुरीबीच अध्यक्ष पदमा प्रतिस्पर्धा, मतदान जारी


पोखरा, १३ जेठ । राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मतदान बिहान १० बजेदेखि सुरु भएको हो ।

नेतृत्वका लागि वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा रहेको छ । मतदानका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ । हरेक प्रदेशको लागि फरक फरक बुथ राखिएको छ ।

थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईंको उम्मेदवारी छ । पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारीको उम्मेदवारी छ ।

अपराह्न ४ बजेसम्म मतदान जारी रहने र लगत्तै मतगणना सुरु हुने बताइएको छ । मतगणना सकिएपछि निर्वाचन परिणाम घोषणा हुनेछ ।