पोखरा, जेठ १३ । राष्ट्रिय युवा संघ नेपालको उपाध्यक्षमा माहाराज गुरुङ निर्वाचित हुनुभएको छ । कुल १४ सय ४ मत खसेकोमा ८ सय ८५ मत प्राप्त गरी गुरुङ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
यसअघि पनि उपाध्यक्षमै रहनुभएका गुरुङ अन्तिम समयमा आफ्नो टीमबाट क्षितिज थेवेका लागि अध्यक्ष पद छाडेर उपाध्यक्षमै उम्मेदवार बन्नुभएको थियो । निर्वाचनमा माहाराजले प्राप्त गर्नुभएको मत सवैभन्दा बढी हो ।
दोलखाको गौरीशंकर गाउँपालिका ७ निवासी गुरुङ युवा संघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय कमिटी सदस्य, प्रचार बिभाग प्रमुख, उपमहासचिवको यात्रा पूरा गर्दै उपाध्यक्षमा पुग्नुभएको थियो । अघिल्लो पटक निर्बिरोध निर्वाचित गुरुङले यसपटक म्यान अफ दि इलेक्सन बनेर इतिहास रच्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्