पोखरा, जेठ १३ । युवा संघ नेपालको पदाधिकारीमा एक जनाबाहेक सवै अध्यक्ष क्षितिज थेवेको प्यानल निर्वाचित भएको छ । मतगणना परिणामअनुसार एक जना सचिवबाहेक थेवेको प्यानलबाट चुनाव लडेका सवै निर्वाचित भएका हुन ।
उपाध्यक्षमा थेवे प्यानलका महाराज गुरुङले म्यान अफ दि इलेक्सन बनेर जीत निकाल्नुभएको छ । यस्तै उपाध्यक्ष विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही तथा सचिवहरुमा मदन भण्डारी, निसा लिम्बू मोविन अख्तर अलाम र अरुण कुवर निर्वाचित हुनुभएको छ ।
सचिव कुँवरबाहेक सवै अध्यक्षमा निर्वाचित थेवे समुहका हुनुहुन्छ । निर्वाचनमा थेवेले प्रतिस्पर्धामा सुमन पुरीलाई १९८ मतको अन्तरमा पराजीत गरी पुनः नेतृत्व लिनुभएको छ । निर्वाचनमा १४ सय ४ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्