जनता टाइम्स

२६ जेष्ठ २०८२, सोमबार १३:१९

अध्यागमन विभागमा दरबन्दीभन्दा बढी कर्मचारी पठाएको विषयमा गृह सचिवसँग स्पष्टीकरण माग 


काठमाडौं, जेठ २७ गते   अध्यागमन विभागमा दरबन्दीभन्दा बढी कर्मचारी खटाएको विषयमा गृह सचिव गोकर्णमणि दुवाडीसँग स्पष्टीकरण मागिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले गृह सचिव दुवाडीलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिनुभएको छ । दवाडी विदेशमै रहेको बेला दरबन्दी भन्दा बढी कर्मचारी पठाएको कारण खुलाउन निर्देशन दिएको बुझिएको छ ।

अध्यागमन विभागमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी परिचालन गरी भिजिट भिसा अनियमितता गरेको हुन सक्ने आशङ्का गरिएको छ । अध्यागमन विभागजस्तो संवेदनशील निकायमा कार्यरत कर्मचारीको सङ्ख्या र र भिजिट भिसाको विषय अहिले चर्चाको विषय बनेको छ । सोही विषयलाई लिएर प्रतिपक्षी दलहरूले गृह मन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् समेत अवरुद्ध गर्दै आएका छन् ।

यस विषयमा गृह मन्त्रालयले हालसम्म औपचारिक प्रतिक्रिया भने दिएको छैन ।  उहाँलाई सोधिएको स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नआए थप कारबाहीको बाटो खुल्ने छ ।